स्याङ्जा पुगेर गोपालमानले भने– सभापतिमा उम्मेदवारी दिन्छु

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार स्याङ्जामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै श्रेष्ठले आफूले सभापतिमा उम्मेदवारी दिने तय गरिसकेको बताएका हुन् ।

उनले गुटरहित कांग्रेस बनाउन आफ्नो सभापतिमा उम्मेदवारी अनिवार्य भएको बताएका छन् ।

नेपाली कांग्रेस स्याङ्जाले सदरमुकाममा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले कांग्रेसमा गुटको अन्त्य गर्न र कांग्रेसलाई देशकै ठूलो दल बनाउन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताएका छन् ।

‘कांग्रेसलाई सबैको पार्टी बनाउन मेरो उम्मेदवारी आवश्यक छ,’ उनले भनेका छन्, ‘वर्तमान सभापति शेरबहादुर देउवाले पनि मलाई साथ दिनेमा विश्वस्त छु ।’ 

श्रेष्ठले २०१६ सालमा विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीति सुरु गरेका हुन् । उनी चार पटक मन्त्री भइसकेका छन् । उनले यसअघि २ वर्ष कार्यवाहक सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए ।

यसअघि बुधबार नै काठमाडौंमा एक कार्यक्रम गर्दै कांग्रेसका अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले पनि कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।






  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार २०:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया