रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

पोर्चुगिज कप्तान तथा फरवार्ड क्रिस्टियानोे रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडी बनेका छन् ।

उनले बुधबार राति विश्वकप युरोपियन छनोट अन्तर्गत आयरल्यान्ड विरुद्ध २ गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १११ पुर्‍याए ।

रोनाल्डोले दुई गोल गरेपछि उक्त खेलमा पोर्चुगल २-१ ले विजयी भएको थियो । उनले इरानी खेलाडी अली दाइको १०९ गोलको कीर्तिमान ताडेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ९० औँ मिनेटमा मिनेटमा गोल गर्दै रोनाल्डो सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका थिए । यो उनको करिअरको ११० औँ गोल थियो ।

थप गरिएको समयमा पेनाल्डी मार्फत् व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै रोनाल्डोले पोर्चुगललाई २-१ को कठिन जित दिलाए । 

सन् २००३ मा पोर्चुगलको सिनियर टोलीको लागि डेब्यु गरेका रोेनाल्डोले १८० खेलमा यो कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल सन् २००४ मा ग्रिसविरुद्ध गरेका थिए । 





 

 

  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार ७:१४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया