बराबरीमा रोकिए नर्वे र नेदरल्यान्ड

विश्वकप युरोपियन छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नर्वे र नेदरल्यान्डले बराबरी खेलेका छन् ।

नर्वेको घरेलु मैदानमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन् । घरेलु टोलीका लागि इर्लिङ हल्यान्ड तथा पाहुना टोलीका लागि डेभी क्लासेनले गोल गरे।

खेलको २० औँ मिनेटमा हल्यान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । ३६ औँ मिनेटमा क्लासेनको गोलमार्फत नेदरल्यान्ड खेलमा फर्कियो ।

पहिलो हाफ १-१ को बरारीमा सकिएको खेलेको दोस्रो हाफमा कुनै गोल हुन नसक्दा दुवै टोली अंक बाँढ्न बाध्य भए ।

बराबरीसँगै ४ खेलबाट समान ७ अंक जोडेको भए पनि गोल अन्तरका आधारमा नेदरल्यान्ड समूह ‘जी’को दोस्रो स्थानमा रहँदा नर्वे चौंथो स्थानमा छ । तेस्रो स्थानको मोन्टेनग्रोले पनि समान ७ अंक जोडेको छ ।

बुधबार नै भएका अन्य खेलमा लक्जमबर्गले अजरबैजान तथा पोर्चुगलले आयरल्यान्डमाथि समान २-१, माल्टाले साइप्रसमाथि ३-०, अस्ट्रियाले मोल्डोभामाथि २-० र सर्बियाले कतारमाथि ४-०को जित हात पार्दा स्लोभानियाले स्लोभाकियासँग १-१ तथा रुसले क्रोएसियासँग गोलरहित बराबरी खेले ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार ८:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया