उत्कर्षमा विवेकशील विवाद, मिश्र र पाण्डे पक्षको अलगअलग केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं। विवेकशील साझा पार्टीको अलग अलग केन्द्रीय समितिको बैठक बस्दैछ। 

विवेकशील साझा पार्टीमा पछिल्लो समयमा अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे समूहबीच चर्को मतभेद रहेको छ । अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समयमा सार्वजनिक गरेको दस्तावेजमा पाण्डे पक्ष असहमत छ ।

सोही विवाद बढ्दै जाँदा आज दुवै पक्षले अलग अलग केन्द्रीय समिति बैठक बोलाएको हुन् । संयोजक पाण्डे पक्षले बिहान ११ बजे र अध्यक्ष रविन्द्र मिश्र पक्षको बैठक दिउँसो साढे १२ बजे बोलाइएको छ । 

विवेकशील साझा पार्टीमा १३० जना केन्द्रीय समिति सदस्य छन् । साझा र विवेकशीलबीच एकता हुँदा दुवै पक्षबाट ६५/६५ जना समावेश गरिएको थियो । अध्यक्ष मिश्र पक्षले आफूहरुसँग स्पष्ट बहुमत रहेको दाबी गरेको छ । यद्यपि आजको बैठकमा केही केन्द्रीय सदस्य तटस्थ बस्ने सम्भावना रहेकोले दुवैतर्फ बहुमत नपुग्ने पाण्डे पक्षको दाबी छ । 

मिश्र पक्षको बैठकले आजै राजनीतिक दस्तावेज छलफल गरी पारित गर्ने तयारी गरेको छ । पाण्डे पक्षको बैठकले भने मिश्रको दस्तावेजमा असहमति जनाउँदै पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्ने तयारी गरेको छ । 
 





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार ९:४८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया