रोनाल्डोको अन्तर्राष्ट्रिय गोल: कुन देश विरुद्ध कति ?

पोर्चुगलका  कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले बुधबार राति विश्वकप युरोपियन छनोट अन्तर्गत आयरल्यान्ड विरुद्ध २ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने पुरुष खेलाडीको कीर्तिमान बनाएका छन् । 

आयरल्यान्ड विरुद्ध २ गोल गरेपछि उनको अन्तर्राष्ट्रिय गोल संख्या १११ पुगेको छ । रोनाल्डोले इरानी खेलाडी अली दाइले कायम गरेको १०९ गोलको कीर्तिमान भङ्ग गरेका हुन् । 

रोनाल्डोले आयरल्यान्ड विरुद्ध खेलको ९० औँ मिनेटमा गोल गर्दै दाइको कीर्तिमान तोडेका थिए । उनले यो कीर्तिमान १८० खेलमा बनाएका हुन् । 

पाँच पटकका बलुन डी’ ओर विजेता रोनाल्डोले सन् २००३ मा पोर्चुगलको सिनियर टोलीका लागि डेब्यु गरेका थिए । उनले सन् २००४ मा ग्रीस  विरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

रोनाल्डोले पछिल्ला ६ वर्षमा ५६ गोल गरेका छन् । सन् २००३ मा २ खेल खेल्दा गोल विहिन बनेका उनले सबैभन्दा बढी सन् २०१९ मा १० खेल खेल्दा १४ गोल गरेका थिए ।  

रोनाल्डोले गरेका अन्तर्राष्ट्रिय गोल तथ्याङ्कमा  



  • लिथुआनिया र स्विडेनविरुद्ध समान ७–७ गोल ।
  • एन्डोराविरुद्ध ६ गोल ।
  • आर्मेनीया, लाट्भीया  र लक्जेमवर्गविरुद्ध ५–५ गोल ।
  • नेदरल्यान्ड, हंगेरी, फारोइ आइसल्यान्ड र इस्टोनियाविरुद्ध ४–४ गोल ।
  • बेल्जियम, डेनमार्क, नर्दन आयरल्यान्ड, रसिया, स्पेन र स्विट्जरल्यान्डविरुद्ध ३–३ गोल ।
  • फ्रान्स,अजरबैजान,बोस्निया एन्ड हर्जगोभिनिया, क्यामरुन, साईप्रस, चेक गणतन्त्र, इजिप्ट, कजाकास्तान,  साउदी अरेबिया र उत्तरी आयरल्यान्डविरुद्ध २–२ गोल ।
  • अर्जेन्टिना, क्रोएसिया, इक्वेडर, फिनल्यान्ड, धाना,ग्रिस, आइसल्यान्ड, इरान, पोल्यान्ड,मोरक्को, जर्मनी, वेल्स, स्लोभाकिया, सर्बिया,पानामा न्युजिल्यान्ड र उत्तर कोरियाविरुद्ध १–१ गोल । 


  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १५:५८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया