सुदूरपश्चिम प्रदेशमा ४ लाख १ हजार ३३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् ।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुल ६ लाख १ हजार ५ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएकोमा २ लाख ४ सय ५८ जनाले दोस्रो डोज लगाउन बाँकी रहेको छ ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार सुदूरपश्चिममा ३ लाख ५ हजार ५ सय ५५ जनाले कोरोना विरुद्धको दुवै डोज खोप र ९५ हजार ४ सय ७८ जनाले जोन्सन एण्ड जोन्सनको एउटा डोज खोप लगाएका छन् । जोन्सनको खोप लगाउनेले दोस्रो डोज लगाउन पर्दैन ।
भदौ १५ गते सम्म कैलालीमा सवैभन्दा बढी १ लाख ५५ हजार ५ सय १० जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । यसैगरी कञ्चनपुरमा ८७ हजार ५८, अछाममा ३० हजार ६ सय ७०, डोटीमा ३१ हजार ८ सय ८९ जनाले कोरोनाको पुर्ण खोप लगाएका छन् ।
यसैगरी डडेल्धुराका १२ हजार १ सय ६२, बैतडीका ३५ हजार ५ सय २६, दार्चुलाका १९ हजार ४ सय ४८, बझाङका २२ हजार ५७ र बाजुराका ७ हजार २ सय १३ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रवक्ता कार्कीले बताए ।
केन्द्र सरकारले उपलब्ध गराउने खोपका आधारमा प्रदेशमा आगामी दिनमा थप खोप कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।