नेपाल र पपुवा न्युगिनीबीचकाे एक दिवसीय सिरिजकाे मिति परिवतर्तन भएकाे छ।
यसअघि सेप्टेम्बर ५ र ८ मा हुने भनिएकाे सिरिज अब सेप्टेम्बर ७ र १० मा हुनेछ। पहिलाे खेल दिनमा तथा दाेस्रो खेल दिन र रातमा हुनेछ।
याे नेपालले दिन र रातमा खेल्न लागेकाे पहिलाे एकदिवसीय खेल हाे ।
ओमान क्रिकेट संघले प्राविधिक कारणले खेल सारिएकाे जानकारी गराएकाे नेपाल नेपाल क्रिकेट संघ (क्यान)ले जनाएकाे छ।
नेपालले आईसिसी विश्वकप छनाेट डिभजन-२ अन्तर्गत हुने त्रिकाेणात्मक सिरिजकाे तयारीस्वरूप पपुवा न्युगिनीसँग खेल्न लागेकाे हाे।
नेपाल,आयाेजक ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेमबर १३ देखि २० सम्म हुनेछ । नेपालले सेप्टेम्बर १३ मा अमेरिकासँगकाे खेलबाट सिरिजकाे सुरूवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।