१—१ गोलको बराबरीमा सकियो नेपाल—भारत मैत्रिपूर्ण खेल

झन्डै चार वर्षपछि भएको नेपाल र भारतबीचको बिहीबारको खेल फेरि बराबरीमा सकिएको छ । दशरथ रंगशालामा कोरोनाभाइरस संक्रमणका कारण विश्व फुटबल संगठनले ल्याएका स्वास्थ्यका सबै नियम पालना गरेर गराइएको खेलमा नेपाल र भारतले १—१ गोल गर्न सके ।

खेलको पहिलो हाफमा नेपालले एक गोल गरेर अग्रता कायम गरेको थियो ।

खेलको ३३ औं मिनेटमा सानदार फ्रिकिकमा चुकेको नेपालले त्यसको ३ मिनेटपछि ३६ औं मिनेटमा पहिलो गोल गर्यो । नेपालका लागि अन्जन विष्टले यो गोल गरेका थिए ।

पहिलो हाफमा अग्रता कायम गरेर अगाडि बढेको नेपाललाई भारतले बराबरी गोल फर्काउन दोस्रो हाफको १४ मिनेटसम्म कुर्नु पर्यो । भारतले दोस्रो हाफमा अनिरुद्र थापाको गोलमा नेपालसँग खेल बराबरी बनाएको हो ।

नेपाल र भारतबीच बिहीबार साँझ काठमाडौंमा २० औं खेलमा भिडन्त भएको हो । यी २० खेलमा अहिलेसम्म नेपालले २ खेलमा मात्र जित निकाल्न सफल भएको छ । यीमध्ये अहिलेसम्म भारतले नेपाललाई १३ खेलमा जितेको छ । अनि अन्य पाँच खेल बराबरीमा टुगिंएका छन् ।

नेपाल र भारतका दुवै कप्तानहरुले प्रिम्याच कन्फ्रेन्समा बुधबार आफूहरुले दुवै टिमलाई कमजोर नआँकेको बताएका थिए ।





  • प्रकाशित मिति : भदौ १७, २०७८ बिहीबार १९:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया