पहिरोले पर्वतमा ५ जनाको मृत्यु, ३ बेपत्ता

पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

पर्वतको कुस्मा नगरपालिकाको दुर्लुङमा ५ जना पहिरोले पुरिएका हुन् । यीमध्ये २ जना मृत अवस्थामा फेला परेका छन् । अन्य तीन जना बेपत्ता छन् ।

पहिरोमा पुरिएर एउटै घरका १५ वर्षकी विमला पौडेल र ११ वर्षकी विनिता पौडेलको निधन भएको हो ।

कुस्माकै पकुवामा पनि पहिरोमा पुरिएर २ जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यहाँ मृत्यु हुनेमा ३५ वर्षका दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेका छन् ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार ९:५४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया