विश्कप युरोपियन छनोट अन्तर्गत बिहीबार भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । उसले घरेलु टोली हंगेरीमाथि ४-० को सानदार जित दर्ता गरेको हो ।
इंग्ल्यान्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी म्यागुएर र डिक्लन राइसले समान १-१ गोल गरे।
खेलको ५५औँ मिनेटमा स्टर्लिङको गोलमार्फत इंग्ल्यान्डले अग्रता लिएको थियो । ६३ औँ मिनेटमा केनले गोल गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
६९औँ मिनेटमा म्यागुएर र ८७ औँ मिनेटमा राइसले गोल गरेपछि इंग्ल्यान्डले सानदार जित दर्ता गरेको हो ।
यो नतिजासँगै ४ खेलमा शतप्रतिशत जितसँगै १२ अंक जोडेको इंग्ल्यान्ड समूह ‘ई’ को शीर्ष स्थानमा रहँदा हंगेरी समान खेलबाट ७ अंकका साथ तेस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।