त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७७० ग्राम सुन जस्तो धातु भेटियो

काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिव ७ सय ७० ग्राम सुन जस्तो देखिने धातु बरामद गरेको छ । 

डोल्पा ठुलो भेरी नगरपालिका–७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाहीको साथबाट प्रहरीले बिहीबार साँझ उक्त धातु बरामद गरेको हो । 

फ्लाई दुबईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्‍सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेज भित्र इमर्जेन्सी लाईटमा लुकाई ल्याएको उक्त धातु सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

साथै, उक्त धातु लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १३:३६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया