दक्षिण अफ्रिकाका नियमित कप्तान तेम्बा बाभुमाले घरेलु टोली श्रीलंकाविरुद्धको एकदिवसीय सिरज अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् ।
सिरिज अन्तर्गत बिहीबार भएको पहिलो खेल खेल्ने क्रममा औलामा चोट लागेपछि उनले सिरिज गुमाउने भएका हुन् ।
बाभुमाको स्थानमा केशव महाराजले एकदिवसीय टोलीको कप्तानी गर्ने दक्षिण अफ्रिकी क्रिकेट बोर्डले जनाएको छ ।
दक्षिण अफ्रिका ३ खेलको सिरिजको पहिलो खेलमा १४ रनले पराजित हुँदै १–० ले पछाडि छ । दोस्रो खेल सेप्टेम्बर ४ मा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।