‘राजनीतिलाई पेशा बनाउनु हुँदैन, समाजसेवा बनाऔं’

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस  मकवानपुरका सभापति इन्द्र बानियाँ​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

अबको नेपाली कांग्रेसको नेतृत्व त्यसलाई दिनुपर्छ जसले पार्टीलाई जनताको बीचमा स्थापित गर्न वडा तहदेखि केन्द्रीय तहसम्म मिलाएर लैजान सकोस् । अघिल्लो पुस्तालाई अभिभावक मान्दै, उहाँहरुको योगदान, लोकतन्त्रप्रतिको निष्ठा, धैर्यलाई सम्मान गर्दै अब आउने पुस्ताले जीवनयापन गर्ने बन्दोबस्त बेग्लै बनाउँदै समाजसेवा गर्ने ठाउँ राजनीतिलाई बनाउनुपर्छ । राजनीतिलाई पेशा बनाउन हुँदैन भन्ने मेरो धारणा छ । यो मेरो राष्ट्रिय अभियान नै हो ।

राजनीतिलाई पेशा बनाउँदा मुलुक धेरै पछाडि पर्याे । जनताको जीवनस्तर धेरै पछाडि धकेलियो, मुलुकले समृद्धि पाउने कुरा हुन सकेन । त्यसकारण नेपाली कांग्रेसको नेतृत्व अब परिमार्जित हुँदै गाउँमुखी, काममुखी भएर जनतासँग जोडिन सक्ने खालको हुनुुपर्छ । कर्मसँग जोडेर आर्थिक प्रगति र समृद्धिको यात्रामा नेपाली कांग्रेसलाई लैजाने तथा महाधिवेशनको महायज्ञमा होमिएको नेतृत्वको आवश्यक छ ।

हामी भन्ने गर्छौं पार्टीभित्र माग्ने, ठग्ने वर्ग बढी छन् । हिजो कम्युनिस्टहरुले भन्ने गर्थे, गरिब र धनीबीचको खाडल छ, यो यी दुईबीचको संघर्ष हो । तर, त्यो होइन रहेछ । धनी र गरिबबीचमा पनि, हुनेमा पनि नहुनेमा पनि एउटा आचरणचाहिँ हुँदो रहेछ– माग्ने र ठग्ने । राजनीतिभित्र पनि मेहनत र परिश्रम गर्ने व्यक्तिहरु हुने रहेछन् । तिनै व्यक्तिहरु राजनीतिमा आउँदा मुलुक सुदृढ हुन्छ । 



युवा नेतृत्वको बहस

युवाहरुको बहस गरिरहँदा युवा कसलाई भन्ने ? भन्ने खालको प्रश्न पनि आउँछ । शारीरिक रुपमा तन्दुरुस्त भएको मान्छेमात्र युवा हुँदैन । युवा सोचको युवा हुनुपर्यो, त्यो ७५ वर्षको मान्छे पनि हुन सक्छ । सामाजिक, आर्थिक क्रान्तिका लागि सोचमा पनि युवा भएको भान हुनुपर्यो । उमेर वृद्ध भए पनि मुलुकको आर्थिक समृद्धि गराइ छाड्छु भन्ने ढृढ संकल्प पनि हुनुपर्यो । युवा भन्दैमा शारीरिक रुपमा तन्दुरुस्त र हेर्दा खाइलाग्दा मानिसमात्र खोजेर भएन । त्यो मान्छे मानसिक रुपमा पनि तन्दुरुस्त र खाइलाग्दो हुनुपर्छ । 



परिपक्व, धैर्य र राजनीतिमा लामो समय बिताएर अनुभव बटुलेकाहरुलाई स्वीकार्दै अब आउने पुस्ताचाहिँ त्यो यात्रा गर्दा कति आरोह–अवरोह आए भन्ने पनि बुझ्ने हुनुप¥यो । ती परिपक्व नेताहरुलाई अभिभावक मान्न युवा पुस्ताले सक्नुप¥यो । अबको पुस्ताले आर्थिक यात्रामा धेरै आरोहअवरोह भोग्नुपर्ने छ । जीवन भनेको राजनीतिसँग जोडिएको हुन्छ । त्यसकारण आफ्नो जीवनलाई सफल बनाउनुपर्यो, घर सफल बनाउनुपर्याे ।

बिपीले भनेको बाटोमा हामी हिँड्न नसक्दा अल्मलिएका छौं । त्यसमा पुँजीको लगानी गरेर अवसरको खोजी गर्दै अघि बढ्नुपर्छ । गरिबलाई शिक्षा र स्वास्थ्य निःशुल्क प्रदान गर्नेसम्म हुनपर्यो । बिपीले प्रतिपादन गरेको सिद्धान्तमा हामी हिँड्न नसकेको अहिलेसम्मको ठम्याइ छ । अबको पुस्ता बिपीले देखाएको बाटोमा हिँड्नुपर्छ । सधैंभरि जनताको मात्रै कुरा गर्ने, तर काम नगर्ने कम्युनिस्टजस्तो भएर हुँदैन । कांग्रेसले अब आत्मसमीक्षा गर्नुपर्छ । अब धेरै भयो, अति भयो । अवसरको समान वितरण गर्ने, पुँजीको विकास गर्ने, लगानीको प्रशस्त सम्भावना खोज्ने अनि पुँजी र लगानीको विकाससँगै अवसरहरु सबैलाई दिने आर्थिक नीति कांग्रेसले लिनुपर्छ । 

कसरी गर्ने महाधिवेशन ? 

यतिबेला कांग्रेसमा थप जिम्मेवार बन्नुपर्ने अवस्था छ । कोरोना भाइरस नियन्त्रणमा सबैभन्दा पहिला कांग्रेस जिम्मेवार भएर अग्रसरता लिनुपर्छ । त्यो काम गर्न पनि थालेको छ । एक महिनाभित्रमा यो सरकार आएपछि ६१ लाख खोप वितरण भएको छ । विगतको सरकारले खोप आएको ६ महिनामा ४० लाख मात्रै वितरण गर्न सक्यो । त्यसकारण कांग्रेस पार्टी जनताप्रति उत्तरदायी छ । अरु कुराहरु, संविधान र कानुन कार्यान्वयन गर्नका लागि जनताको उपलब्धिको रक्षा गर्नका लागि गठबन्धन बनेको हो । यो अध्यादेश पनि त्यसैको रक्षाका लागि हो । 

नेपाली कांग्रेस जनताको जीवनस्तर सुधारमा सधैं सचेत छ । संविधानसँग जोडिएको विधानको रक्षाका लागि २३ गतेअघि नै सुरु गर्नुपर्छ । कांग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्यो भन्ने सन्देश यतिबेला आमजनता कार्यकर्तामा पुर्याउनु पर्ने छ । कांग्रेस विधान, संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध हुँदै उपलब्धिको रक्षा गर्दै अघि बढेको छ प्रष्ट देखिन्छ ।

लोकतन्त्रमा गुनासो, प्रतिस्पर्धा र वादविवादबाटै निष्कर्षमा पुग्नुपर्छ । यहाँ पनि गुनासाहरु आइरहेका छन् । एउटा पक्ष अल्पमत हुन्छ, एउटा पक्ष बहुमत । अल्पमत पक्ष गुनासो गरिरहेको हुन्छ । बहुमत पक्षले सरकार चलाउँदै जाँदा संसद्मा प्रतिपक्षको गुनासाहरु आएका हुन्छन् । ठीक र बेठीक भनेर जनताले छुट्याएको जस्तै कार्यकर्ताले पनि छुट्याउन सक्नुपर्छ । र, अबको ध्यान भनेको महाधिवेशनमा नै दिने हो । यो बेलामा समस्या पनि आउँछ, गुनासो पनि आउँछ । पार्टीभित्र यस्तो चलिरहने कुरा हो । यसले तात्विक असर पार्टीमा पर्दैन । 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

‘महाधिवेशन रोक्ने कुरा कल्पनाभन्दा बाहिरको’– राेल्पा सभापति

बिग्रिएका काम-कुराको दोष सभापतिलाई मात्र दिनुहुँदैन– गुल्मी सभापति

कांग्रेस बन्छु भन्नेलाई क्रियाशीलता विवादले रोक्नुहुन्न– पर्वत सभापति

७७ जिल्लालाई निर्वाचन केन्द्र मानेर नेतृत्व छानौँ, कार्यकर्तालाई पनि अपनत्व दिऊँ– कालिकोट सभापति

डोल्पा पुग्नै चार दिन लाग्छ, कसरी गर्ने महाधिवेशन ?– डोल्पा सभापति

युवाको बल र बुढाको बुद्धिबाट नयाँ नेतृत्व छान्नुपर्छ–जुम्ला सभापति

क्रियाशील विवाद समाधान भयो भनिएको छ, तर अन्योल कायम छ–बाँके सभापति

कांग्रेस समावेशी पार्टी हो, यसको नेतृत्व समावेशी हुनुपर्छ–अर्घाखाँची सभापति

अहिले नेपाली कांग्रेसको नेतृत्व गम्भीर हुनुपर्छ–म्याग्दी सभापति

अधिवेशनबाट व्यक्ति मात्र होइन, विचार पनि परिवर्तन हुन जरुरी छ–पाल्पा सभापति

कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति

कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति

युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति

राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापति

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापति

 

  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १७:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया