बाढी, पहिराे र डुबानमा परी ११६ जनाकाे मृत्यु
फरकधार / १९ भदौ, २०७८

देशमा मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा अविरल वर्षाका कारण विभिन्न स्थानमा आएकाे बाढी, पहिराे र डुबानमा परी जेठ ३० यता ११६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ५३ पुरुष, ३४ महिला, १३ बालक र १६ बालिका रहेका छन् । 



बाढी, पहिराे र डुबानमा परी १३६ जना घाइते भएका छन् । जसमध्ये ६८ पुरुष, ३७ महिला, २० बालक र ११ बालिका रहेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

यसै गरी बाढी र पहिराेमा परी ४४ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूकाे खाेजी कार्य जारी नै छ । बाढी पहिराेमा परेका १ हजार २८९ जनाकाे उद्धार गरिएकाे छ ।



बाढीका कारण ३ हजार १८२ घर डुबानमा परेका छन् । यसै गरी ९७८ घर, १६४ गाेठ, ५५ पुल, आठ विद्यालय र १५ सरकारी कार्यालयमा क्षति पुगेकाे छ। साेही अवधिमा १ हजार ३०३ वटा पशुचाैपाया मरेका छन् । 



मनसुनजन्य विपदबाट एक हजार २६९ परिवारका ६ हजार १११ मानिस विस्थापित भएका छन् । 

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ६:५२:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया