अफगानी महिलाले सडकमा उत्रिएर तालिबान विरुद्ध गरे प्रदर्शन
फरकधार / १९ भदौ, २०७८

अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार केही महिलाले राष्ट्रपति भवनको अगाडि उभिएर तालिबान विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।



उनीहरूले महिला पनि सरकारमा सहभागी हुनुपर्ने माग गरेका छन् ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै विश्वभर तालिबानको शासनमा महिलाको अवस्थालाई लिएर चिन्ता व्यक्त गर्न थालिएको छ ।



‘मन्त्रिमण्डलमा महिलाको पनि उपस्थिति हुनुपर्दछ’, ‘महिलाको अधिकार पुरुषसँग बराबरी’ जस्ता माग पर्चामा लेखिएको थियो ।



यसभन्दा पहिला तालिबानको शासन हुँदा महिलाको पूरै शरीर ढाक्नका लागि बुर्का लगाउन निर्देशन दिइएको थियो । यसका साथै दस वर्षभन्दा ठूलोलाई स्कुल जान पनि बन्चित गरिएकाे थियाे । 

तालिबानले आफ्नो शासन इस्लामी कानुन अथवा शरिया कानुन मुताबिक हुने बताएका छन् । 

पछिल्लो महिना तालिबानले महिलालाई उनको सुरक्षाका खातिर घरै बस्नका लागि सल्लाह दिएका थिए । 
 

  • प्रकाशित मिति : भदौ १९, २०७८ शनिबार ९:२४:३३,   अन्तिम अपडेट : भदौ १९, २०७८ शनिबार १०:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया