रोहितको शतक र पुजाराको अर्धशतक, इंग्ल्याण्डमाथि १४६ रनको अग्रता

ओपनर ब्याट्सम्यान रोहित शर्माले इंग्ल्याण्डविरुद्धको चौथो टेस्टको दोस्रो पारीमा शानदार शतक बनाएका छन् ।

रोहितले मोइन अलीको बलमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । उनले १४ चौका र एक छक्काको मद्दतमा १२७ रन बनाए।

यस्तै चेतेश्वर पुजाराले ओली रोबिन्सनको बलमा आउट हुनुअघि ९ चौकाको मद्दतमा ६१ रन बनाए । पहिलो पारीमा ९९ रनले पछि परेको भारतले दोस्रो पारीमा १४६ रनको अग्रता बनाएको छ।  





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार ६:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया