काबुलमा विरोध प्रदर्शनमा उत्रेका महिलामाथि तालिबानले गरे आक्रमण

अफगानिस्तानको काबुलमा विरोध प्रदर्शनमा उत्रेका महिलाहरु माथि तालिबानले आक्रमण गरेका छन् । 

केही दिनअघि अफगानिस्तानलाई कब्जामा लिएको तालिबानले महिलामाथि कडा नियम लागू गर्ने भएपछि सर्वत्र चिन्ता व्यक्त गरिएको थियो । यसैबीच राजधानी काबुलमा महिलाहरुले तालिबान विरुद्ध प्रदर्शन गरेका थिए । 

शिक्षा रोजगारीको माग गर्दै प्रदर्शन गरेका महिलाहरु माथि तालिबान लडाकूले आक्रमण गरेका हुन् । 

बीस वर्षपछि सत्तामा आएको तालिबानले आफूहरु पहिलेको भन्दा उदार भएको दाबी गरेपनि उनीहरुको पछिल्लो गतिविधिले शंका उब्जाएको छ । 

तालिबानले आफूहरुमाथि असुर ग्याँस र मरिचको धुलोले आक्रमण गरेको प्रदर्शनकारी महिलाहरुले बताएका छन् । प्रदर्शनकारी राष्ट्रपति भवन तर्फ जाँदै गर्दा असुर ग्यास प्रहार गरिएको थियो । तालिबानले भने प्रदर्शन अनियन्त्रित भएपछि असुर ग्याँस प्रहार गरिएको बताएको छ । 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार ११:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया