छिमेकी राष्ट्रका प्रधानमन्त्रीको पुत्ला दहन गरेकोमा गृहको आपत्ति, दियो कारवाही गर्ने चेतावनी

गृह मन्त्रालयले केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी भएका प्रदर्शनप्रति आपत्ति जनाएको छ । 

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ,’ गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भनेको छ ।  

नेपालले सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध रहेको गृहले जनाएको छ । 

‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मान आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ,’ गृहले विज्ञप्ति मार्फत भनेको छ । 

मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाट समाधान गरिदै आइएको गृहले बताएको छ । भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने गृहले जनाएको छ । 

‘मित्रराष्ट्रहरू विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ गृहले भनेको छ । 





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १३:७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया