जसपाका थप एक जना प्रदेशसभा सदस्य लोसपामा प्रवेश

जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालका थप एक जना प्रदेशसभा सदस्य लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट तत्कालीन राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारी आइतबार लोसपामा प्रवेश गरेकी हुन् । 

महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी दोस्रो प्रदेशसभा सदस्य हुन् । यसअघि पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालीन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य प्रह्लाद गिरी लोसपामा प्रवेश गरिसकेका छन् । 

त्यस्तै, प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो र अभिराम शर्माले समेत आज लोसपाको पक्षमा सनाखत गरेका छन् । 

प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साहलगायतकाहरुले यसअघि नै लोसपा रोजिसकेका छन् । 

जसपामा पूर्व फोरमका ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेशसभा सदस्यहरू थिए। लोसपाको पक्षमा सनखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १५ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १५:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया