नेपाल पराजित भए पनि कप्तान किरणले बनाएको यो रेकर्ड

आज दशरथ रंगशालामा भएको खेलमा नेपालले २—१ गोलको अन्तरले भारतसँग पराजित भएको छ । 

यसअघि मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा बिहीबार नेपालले भारतमाथि आजको खेलभन्दा बढी दबाब सिर्जना गरेको थियो । त्यो खेल बराबरीमा टुंगिएको थियो । 

भारतसँग नेपालले खेलेको पहिलो खेलमा नेपालका लागि एक गोल अन्जन विष्टले गरेका थिए । भारतका लागि अनिरुद्र थापाले गोल गरेका थिए ।

आज भएको खेलमा नेपालका लागि तेज तामाङले एक गोल गरे । भारतका लागि दुई गोल फारुख चौधरी र भारतीय कप्तान सुनील क्षेत्रीले गरेका थिए ।

आजको खेलमा पराजित भए पनि नेपाली फुटबल कप्तान तथा गोलरक्षक किरण चेम्जोङका लागि चाहिँ यो रेकर्ड बनेको खेल हो । यो खेल खेलेसँगै उनले सर्वाधिक खेलेको कीर्तिमान राखेका छन् ।

यसका लागि उनले पूर्वकप्तान विराज महर्जनलाई उछिनेका हुन् । 



किरणले अब नेपालका लागि ७४ औं क्याप जितेका छन् । विराजले चाहिँ ७३ पटक खेलेका छन् ।



  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १९:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया