आज देशभर मौसम बदली भई केही स्थानमा भारी वर्षा हुने

आज देशभरको मौसम बदली भई केही प्रदेशमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको  प्रभाव रहेका कारण देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश– १, प्रदेश– २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो र राति पनि पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार ७:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया