पंजशीरको संघर्ष रोक्न तालिबानसँग वार्ताका लागि अहमद मसुद तयार

अफगानिस्तानको पंजशीरमा जारी संघर्षकाबीच विरोधी समूहले तालिबानसँगको शान्ति वार्ताका लागि ढोका खुला रहेको जनाएको छ ।

अहमद मसूदले भने धार्मिक नेताहरुले संघर्ष अन्त्य गरेर तालिबानसँग सम्झौताका लागि ल्याएको प्रस्तावलाई आफूले समर्थन गरेको जनाएका छन् ।

यसअघि पंजशीरमाथि तालिबानले लगातार कब्जा अभियान अघि बढाएको समाचार आएको थियो । राजधानी काबुलभन्दा उत्तरी क्षेत्रमा रहेको यो प्रान्त एक्लै हालसम्म तालिबानसँग संघर्ष गरिरहेको छ ।

१५ अगस्टमा नै अफगानिस्तानमाथि तालिबानले कब्जा गरेपनि यो प्रान्तमा प्रवेश गर्न सकेका थिएनन् । एक फेसबुक पोस्टमा नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का प्रमुख मसुदले आफू युद्ध रोक्न तयार रहेको भन्दै आक्रमण बन्द गर्न तालिबानलाई आग्रह गरेका छन्।

पंजशीरमा करिब २ लाख मानिसको बसोबास छ । सन् १९८० मा सोभियत संघको कब्जा र १९९६ देखि २००१ सम्म तालिबानको शासनका क्रममा पनि यो प्रान्त विद्रोहको केन्द्र थियो । 

यसैबीच काबुलमा पुगेर राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथले तालिबानी नेताहरुसँग महिला, युवतीहरु र अल्पसंख्यकसमेत सबै नागरिकको सुरक्षाका लागि आग्रह गरेका छन् । 
 





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार ८:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया