अमेरिकाले धोका दियो : तालिबान

जब अमेरिकी नेतृत्वको सैनिकले अफगानिस्तान छाड्न थाले तब तालिबानी लडाकु सडकमै खुसीले नाच्न थाले । तालिबानले ३१ अगस्टसम्म पश्चिमी बलको अन्तिम गढ काबुल विमानस्थलमा मार्च गरे । तिनले खुसीले के सम्म गरेनन्– हावामा फायरिङ पनि गरे । 

तर, केही दिनपछि नै सबथोक परिवर्तन भएको जस्तो भइदियो । अलजजिराको एक रिपोर्टका अनुसार, तालिबान अमेरिकाबाट आफू ठगिएको महसुस गर्न थालेका छन् । यस्तो महसुस हुनुको मुख्य कारण, अमेरिकीहरुले काबुलबाट प्रस्थान गर्नुअघि सैन्य हेलिकप्टर र विमानहरु निष्क्रिय पारिनु थियो । 

अगस्ट ३१ का दिन काबुल विमानस्थल सेना फिर्तीको कलाकृतिले भरिएको थियो । विमानस्थलको टर्मिनलमा कपडा, सामान र दस्तावेजहरु यत्रतत्र छरिएका थिए । अमेरिकी सेनाले प्रयोग गर्दै आएको कयौं सिएच–४६ हेलिकप्टर एक ह्यांगरमा ठडिएको थियो । 

अमेरिकी सेनाले भनेका थिए कि, उनीहरुले आफ्नो फिर्तीअघि २७ वटा हमविस र ७३ वटा जहाज निष्क्रिय बनाएका थिए । तालिबानसँग अब ४८ वटा जहाज छ । तर, तीमध्ये कतिवटा चल्ने खालका छन् भन्ने कुरा उनीहरुलाई जानकारी छैन ।

तालिबान प्रवक्ता जबिहुल्ला मुजाहिदले बुधबार आफ्नो प्राविधिक टोलीले विमानस्थलको मर्मत र सफाइ गरिरहेको बताएका थिए । उनले मानिसहरुलाई विमानस्थलबाट टाढै बस्न पनि सल्लाह दिएका थिए । अहिले हेर्दा लाग्छ, तालिबान अफगानिस्तान पुनः चलाउन तयार भएर बसेका छन् ।
अधिकांश तालिबान लडाकु यसअघि ग्रामीण क्षेत्रमा बसेर विद्रोह गर्दै आएका थिए । तिनका निम्ति एउटा सिंगो देश सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य हुन सक्ने कतिपय विश्लेषकको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १५:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया