केपी ओलीले सी जिनपिङ, मोदी नेपालमा ल्याउनुभयोः महेश बस्नेत

नेकपा एमाले नेता महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारमा नेपालको विदेशमा पनि राम्रो भएको बताएका छन् ।

अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारले जयसिंह धामीको सन्दर्भमा पनि केही गर्न नसकेको भन्दै बस्नेतले हिजो ओली प्रधानमन्त्रीमा हुँदा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल ल्याएको बताएका छन् ।

अहिले प्रधानमन्त्रीमा ओली भएको भए मोदीलाई फोन गरेर भए पनि जयसिंहले न्याय पाउने सम्भावना भएको तर अहिले सरकारमा देउवा हुँदा केही नभएको बस्नेतले बताएका छन् ।

युवा संघ नेपालको बृहत युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले ओली सरकारले काम गरेको तर अहिलेको सरकारले केही काम गर्न नसकेको पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १५:४२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया