असोज १ देखि खुल्ने भए उपत्यकाका विद्यालय

काठमाडौं उपत्यकाका विद्यालयहरु असोज १ देखि खुल्ने भएका छन् । सोमबार काठमाडौंका स्थानीय तहका प्रतिनिधि, अभिभावक र शिक्षकसँग छलफलपछि यस्तो निर्णय गरिएको हो । 

आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । 

उनले भने, ‘बैठकले कोरोनाको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय गरेको छ ।’

विद्यालय सञ्चालन गर्दा तोकिएबमोजिम अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने छ। विद्यालयले स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको अनुगमन पनि गर्ने उनले बताए ।





  • प्रकाशित मिति : भदौ २१, २०७८ साेमबार १७:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया