इंग्ल्याण्डविरुद्धको चौथो टेस्टमा भारत विजयी

घरेलु टोली इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा भारतले सहज जित हात पारेको छ । उसले १५७ रनको फराकिलो जित दर्ता गरेको हो ।

दोस्रो पारीमा इंग्ल्यान्डले सबै विकेट गुमाउँदै २१० रन मात्र बनाएपछि भारतले सहज जित दर्ता गरेको हो ।

इंग्ल्यान्डका लागि हासिब हामेद र रोरी ब्रुन्सले अर्धशतकीय पारी खेले पनि टोलीको हार भने टार्न सकेनन् । हामेदले १९३ बलमा ६ चौकाको मद्दतमा ६३ रन बनाए ।

१२५ बलको सामना गरेका ब्रुन्सले ५ चौकाको मद्दतमा ५० रन प्रहार गर्दा कप्तान जो रुटले ३६ रनको योगदान दिए ।

भारतका लागि उमेश यादवले ३, जसप्रित बुमराह, रविन्द्र जडेजा र शार्दुल ठाकुरले समान २–२ विकेट हात पारे ।

दोस्रो पारीमा रोहित शर्माको शतकको मद्दतमा भारतले सबै विकेट गुमाएर ४६६ रन बनाउँदै इंग्ल्यान्डलाई ३६७ रनको लक्ष्य दिएको थियो ।



२५६ बलको सामना गरेका रोहितले १४ चौका र १ छक्कासहित १२७ रन बनाए । चेतेश्वर पुजारले १२७ बलमा ९ चौकाको मद्दतले ६१ रन जोडे ।

शार्दुल ठाकुरले ७२ बलमा ७ चौका र १ छक्कासहित ६० रनको योगदान दिँदा ऋषभ पन्तले १०६ बलमा ४ चौकाको मद्दतमा ५० रन प्रहार गरे ।



इंग्ल्यान्डका लागि क्रिस वोक्सले ३, ओली रोबिनसन र मोइन अलीले २–२ विकेट हात पार्दा जेम्स एन्डरसन, क्रेग ओभर्टन र जो रुटले १–१ विकेट लिए ।

यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो भारत पहिलो पारीमा १९१ रनमा समेटिएको थियो ।

भारतका लागि शार्दुल ठाकुरले ३६ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ५७ रनको योगदान दिए । कप्तान विराट कोहलीले ९६ बलमा ८ चौकाको मद्दतमा ५० रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस बोक्सले ४, ओली रोबिनसनले ३, क्रेग ओभर्टन र जेम्स एन्डरसनले १–१ विकेट हात पारे । 

ओली पोपेको उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्यान्डले पहिलो पारीमा सबै विकेट गुमाउँदै रनको २९० रनको योगफल तयार पारेको थियो ।

१५९ बलको सामना गरेका पोपेले ६ चौकाको मद्दतमा ८१ रनको उत्कृष्ट पारी खेल्दा क्रिस वोक्सले ६० बलमा ११ चौकाको मद्दतमा ५० रन जोडे ।

भारतका लागि उमेश यादवले ३, जसप्रित बुमराह र रविन्द्र जडेजाले समान २–२ विकेट हात पार्दा शार्दुल ठाकुर र मोहम्मद शिराजले १–१ विकेट लिए ।

जितसँगै पाँच खेलको टेस्ट सिरिजमा भारतले २–१ को अग्रता लिएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिँदा दोस्रो टेस्टमा भारतले १५१ रनले विजयी भएको थियो ।

तेस्रो टेस्टमा इंग्ल्यान्डले १ पारी र ७६ रनको जित हात परेको थियो । पाँचौ तथा अन्तिम टेस्ट सेप्टेम्बर १० देखि म्यानचेस्टरका हुनेछ ।
 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार ७:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया