तालिबानले अन्तिम बचेको प्रान्त पञ्जशीरमा पनि पूर्ण रुपमा नियन्त्रण गरेको दाबी गरेको छ । तालिबानले पञ्जशीरमा झण्डा फहराएको भिडियो अनलाइन पोस्ट गरेको छ ।
यद्यपि विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले भने अझै पनि रणनीतिक रुपमा महत्वपूर्ण क्षेत्र आफूहरुको नियन्त्रणमा नै रहेको दाबी गर्दै लडाई जारी राखेको बताएको छ । उनीहरुले तालिबानविरुद्ध ‘राष्ट्रिय विद्रोह’ को आव्हान गरेको छ ।
एनआरएफका प्रमुख अहमद मसूदले सामाजिक सञ्जालमा एक अडियो पोस्ट गर्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई तालिबानलाई वैधता दिनुका साथै उनीहरुलाई सैन्य र राजनीतिक समर्थन दिएकोमा दोषी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘तपाईं देशभित्र या बाहिर जहाँ भएपनि हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि राष्ट्रिय विद्रोहको आव्हान गर्छु ।’ तालिबानले १५ अगस्टमा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपनि पञ्जशीरमा नियन्त्रण गर्न सकेका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।