मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु नियुक्ति खारेज

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज गरिएको छ।  

प्रतिष्ठानका उपकुलपति डा.रामकेबल साह, शिक्षाध्यक्ष डा.अंकुर साह र रजिस्ट्रार डा.विनोदकुमार यादवको नियुक्ति खारेज गरिएको हो। 

उनीहरुको नियुक्ति नियमसंगत नरहेको भन्दै तलब सुविधामा समेत रोक लगाउने गरी उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ। 

प्रतिष्ठानको ऐन विपरीत उनीहरुको नियुक्ति गरिएको भन्दै उच्च अदालत जनकपुरले तिनैजनाको काम, तलब तथा सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिष्ठानका तिनैजनाको नियुक्ति नियमसंगत नरहेको भन्दै देवानन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । 

सो मुद्दामा न्यायाधिश धीरबहादुर चन्दको एकल इजलासमा सुनवाइ गर्दै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरु कानूनसम्मत नरहेको भन्दै तत्काल कामकाज, तलव सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो । 



अदालतको आदेशमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तिहरु कानून सम्मत नरहेको ठहर गरिएको छ । 

अदालतले तत्काल विनियम र कार्यविधि नबनुञ्जेल उनीहरुको नियुक्ति कार्यान्वयन नगर्नु, कामकाज, तलब सुविधा उपलब्ध नगराउनु भनी अन्तरिम आदेश दिएको हो ।



प्रदेश सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो।

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १०:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया