नेपाल र पपुवा न्युगिनीबीच जारी एक दिवसीय क्रिकेटमा नेपालले चौथो सफलता हात पारेको छ ।
कुशल मल्लले नेपाललाई चौथो विकेट दिलाएका हुन् । उनले १४औं ओभरको अन्तिम बलमा लिगा सियाकालाई व्यक्तिगत ३० रनमा आफ्नै बलमा क्याच गराए ।
नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका विक्रम सोबले नेपाललाई सुरुवाती २ विकेट दिलाएका थिए ।
उनले पहिलो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा १ रन बनाएर खेलिरहेका टोनी उरालाई बोल्ड आउट गराए।
उनले दोस्रो विकेटका रुपमा चौथो ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका कप्तान असाद भालालाई व्यक्तिगत ४ रनमा आरिफ शेखको हातबाट क्याच गराए ।
नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए । उनले १२ औँ ओभरको अन्तिम बलमा कार्लेस अमिनीलाई व्यक्तिगत २३ रनमा विकेटकिपर आशिफ शेखबाट क्याच गराए ।
टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी अहिले १६ ओभरमा ४ विकेट गुमाउँदै ६८ रन बनाएर खेलिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।