संखुवासभामा हत्या प्रकरणमा: सिआइबीको तीन सदस्यीय टोली जहाजबाट घटनास्थलतर्फ

संखुवासभा हत्या प्रकरणमा अहिलेसम्म उपलब्धी प्राप्त नभएपछि अनुसन्धानमा सहयोग पु¥याउने उदेश्यले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को तीन सदस्यीय टोली जहाजबाट आज घटनास्थलतर्फ प्रस्थान गरेको छ। 

एकै परिवारका ६ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विशेष टोली खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

घटनाको अनुसन्धानमा उपलब्धिमूलक ‘क्लु’ नआएपछि प्रहरी प्रधान कार्यालयले विभत्स हत्याको अनुसन्धान गर्न सिआइबीको डीएसपी रुगम कुँवरको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थलतर्फ पठाएको हो । सीआइबीका प्रमुख धीरजप्रताप सिंहले उक्त जानकारी दिएका हुन् । 

संखुवासभामा मृत फेला पर्नेहरुमा ८४ वर्षीया पार्वती कार्की, उनका छोरा तेज बहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की रहेका छन् । 





  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १५:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया