पहिलो एकदिवसीयमा नेपाल विजयी
फरकधार / २२ भदौ, २०७८

पपुवा न्युगिनीसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको छ । उसले १३५ रनको सामान्य लक्ष्य ३९.३ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो ।



नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रनको योगदान दिँदा आशिफ शेखले ३० र अविजित रहेका सोमपाल कामीले २२ रन जोडे ।

एक समय नेपालले मात्र ८२ रनमा ७ विकेट गुमाइसकेको अवस्थाबाट आठौँ विकेटका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले ५२ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका हुन् ।



पपुवा न्युगिनीका लागि गौडा टोकाले ३ चार्ड सोपर र डेमियन राभुले २, नेसियाना पोकाना १ विकेट हात पारे । 
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको उसले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रनको योगफल तयार पारेको थियो ।



पपुवा न्युगिनीका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि लिगा सियाकाले सर्वाधिक ३० रनको योगदान दिँदा कर्लेस अमिनीले २३ र गौडी टोकाले २३ रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले ४, विक्रम सोब र कुशल मल्लले समान २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट हात पारे ।

यो जितसँग नेपालले दुई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल शुक्रबार दिन र रातमा हुनेछ । यो नेपालले दिन र रातमा खेल्न लागेको पहिलो एकदिवसीय हो ।  
 

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार १७:१५:५७,   अन्तिम अपडेट : भदौ २२, २०७८ मंगलबार २१:१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया