मकवानपुरका ११.५ प्रतिशत स्थानीय जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी (नामावली)
​बाग्मतीका एमालेबाट निर्वाचित १३ प्रदेशसभा सदस्यले माधव नेपाललाई दिए साथ

मकवानपुरका विभिन्न १० वटा स्थानीय तहका ३९ जना जनप्रतिनिधिले एमाले छाडी एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सनाखत गर्नका लागि निर्वाचन आयोगले भदौ २२ गते मंगलबारसम्मको समय दिएको थियो ।  

अन्तिम दिनसम्मको समयावधिमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख, दुई पालिकाका प्रमुख, वडाध्यक्ष, सदस्य लगायत गरी ३९ जना जनप्रतिनिधि एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीमा लागेका छन् । सनाखतको अन्तिम दिन बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडा पुगेर ४ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

मंगलबार सनाखत गर्नेहरुमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य सन्तबहादुर तितुङ, मनहरी ९ का वडा सदस्य गंगा सुनार, कैलाश गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बेलबहादुर तितुङ र कैलाश ९ का वडा सदस्य लालीमाया भुलुन रहेका छन् ।
  
यसअघि सोमबार इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा १ का सदस्य इश्वरी रसाइली, इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष धनराज महर्जन, थाहा नगरपालिका वडा नम्बर ११ का सदस्य सुनिल लामा, बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना, इन्द्रसरोवर ५ का वडा सदस्य कृष्ण जीत लामा, इमान लो, इन्द्रसरोवर गाउँपालिका कार्यपालिका सदस्य दुर्गावती थोकर र मन्जु रुम्बाले सो पार्टीमा सनाखत गराएका थिए । 

गत बिहीबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायत २५ जना जनप्रतिनिधिले एमाले छाड्दै एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

हेटौंडा १३ का वडा अध्यक्ष मनोजकुमार वाइवा, जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सीता अधिकारी, हेटौँडा उपमहानगरपालिकाका कार्यपालिका सदस्य कृष्णबहादुर राई, हेटौँडा १ का वडा सदस्य बेगम बराल, हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ३ का सदस्य कुमारसिं लामा, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ की सदस्य सन्तुमाया पाख्रिन, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का सदस्य शुकराम केसीले पनि एकीकृत समाजवादी रोजेका छन् । 

यस्तै, थाहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष किरणमान बल, थाहा ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङ, थाहा ५ कै वडा सदस्य उर्मिला सुनुवार, थाहा नगरपालिका वडा नम्बर ११ की सदस्य मैया विश्वकर्माले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । 



कैलाश गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सुर्जबहादुर थिङ, वडा नम्बर ८ कै सदस्य अनिता बलले एकीकृत समाजवादी रोजेका छन् । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँ पालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष विष्णुबहादुर थिङ, मनहरी ३ की वडा सदस्य उमाकुमारी नेपाली, मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष साधुराम अधिकारी, मनहरी गाउँपालिका वडा नम्बर ५ का इन्द्रकुमार सार्की, मनहरी गाउँपालिका वडा नम्बर ८ का सदस्य अम्बिका दमाईले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् । 

एकीकृत समाजवादीमा सनाखत गर्नेमा भीमफेदी गाउँपालिका वडा नम्बर ९ का सदस्य कणर्बहादुर पाख्रिन र बकैया गाउँपालिकाका ४ जना सदस्य रहेका छन् ।



११.५ प्रतिशत घट्यो एमाले जनप्रतिनिधि 
 
समाजवादीमा ३९ जना जनप्रतिनिधि गएसँगै मकवानपुरमा एमालेका ११.५ प्रतिशत जनप्रतिनिधि घटेका छन् । एमालेबाट  मकवानपुर जिल्लामा  स्थानीय तहमा ३ सय ३८ जना जनप्रतिनिधि निर्वाचित भएका थिए, जसमध्ये ३९ जनाले समाजवादीमा सनाखत गरेका हुन् ।  

जसमा भीमफेदी गाउँपालिकामा  प्रमुखमा  १ जना, उपप्रमुखमा १ जना, वडाध्यक्षमा  ६ जना, सदस्यमा महिला ६ जना, (दलित महिला) ६ जना, खुल्लामा  १२ जना, अन्यमा मनोनीत २ जना, कार्यवाहक  वडाअध्यक्षमा १ जना र कार्यवाहक सदस्य ६ जना  गरी जम्मा ४२ जना  जनप्रतिनिधि रहेका थिए ।   

त्यसैगरी  जिल्ला समन्वय  समिति प्रमुखमा १ जना, उपप्रमुखमा १ जना निर्वाचित भएका छन् । यसैगरी सदस्यमा महिला ६ जना, (दलित महिला) ६ जना, खुल्ला १२ जना, अन्यमा मनोनीत २ जना गरी जम्मा ११ जना निर्वाचित भएका छन् ।

एमालेबाट हेटौँडा उपमहानगरपालिकामा प्रमुखमा १ जना, उपप्रमुखमा १ जना, वडाअध्यक्षमा १२ जना, निर्वाचित भएका थिए । यसैगरी सदस्यमा महिला १७ जना, (दलित महिला) १७ जना, खुल्ला ३२ जना, अन्यमा मनोनीत ३ र कार्यपालिका सदस्य गरी जम्मा ९१ जना निर्वाचित भएका थिए ।  

जिल्लाको बागमती गाउँपालिकामा उपप्रमुखमा १ जना, वडा अध्यक्षमा २ जना, सदस्यमा महिला २ जना, (दलित महिला) ३ जना, खुल्ला ८ जना,  र कार्यपालिकामा २ जना  गरी  जम्मा १३ जना निर्वाचित भएका थिए ।

त्यस्तै, बकैया गाउँपालिकामा उपप्रमुखमा १ जना, वडाध्यक्षमा ५ जना, निर्वाचित भएका थिए । यसैगरी सदस्यमा महिला ६ जना, (दलित महिला) ५ जना, खुल्ला ८ जना, र कार्यपालिका सदस्यमा २ जना गरी जम्मा २७ जना निर्वाचित भएका थिए ।  

जिल्लाको मकवानपुर गढी गाउँपालिकामा प्रमुखमा १ जना, उपप्रमुख १ जना,  वडाध्यक्षमा ४ जना, सदस्यमा महिला ४ जना, (दलित महिला) ४ जना, खुल्ला ८ जना, अन्यमा मनोनित २ जना  र  कार्यपालिका सदस्यमा ४ जना गरी २८ जना निर्वाचित भएका थिए  ।

इन्द्रसरोवर गाँउपालिकामा प्रमुखमा १ जना, उपप्रमुख १ जना, वडा अध्यक्षमा ४ जना, सदस्यमा महिला ४ जना, (दलित महिला) ४ जना, खुल्ला ८ जना, अन्यमा मनोनित २ जना  र कार्यपालिका सदस्यमा ८ जना गरी ३२ जना निर्वाचित भएका थिए  ।

त्यसैगरी, थाहा नगरपालिकामा वडा अध्यक्षमा ६ जना, सदस्यमा महिला ५ जना, (दलित महिला) ५ जना, खुल्ला १० जना गरी २६ जना निर्वाचित भएका थिए  । राक्सिराङ गाँउपालिकामा वडा अध्यक्षमा ३ जना, सदस्यमा महिला २ जना, (दलित महिला) ३ जना, खुल्लामा ४ जना गरी १३ जना निर्वाचित भएका थिए  ।

मकवानपुरको कैलाश गाउँपालिकामा प्रमुखमा १ जना, उपप्रमुख १ जना, वडा अध्यक्षमा ४ जना, सदस्यमा महिला ४ जना, (दलित महिला) ४ जना, खुल्ला ८ जना, अन्यमा मनोनित २ जना र  कार्यपालिका सदस्यमा २ जना गरी २६ जना निर्वाचित भएका थिए ।

मनहरी गाउँपालिकामा प्रमुखमा १ जना, उपप्रमुख १ जना, वडाअध्यक्षमा ४ जना, सदस्यमा महिला ५ जना, (दलित महिला) ५ जना, खुल्ला १० जना र  कार्यपालिका सदस्यमा ६ जना गरी ३२ जना निर्वाचित भएका थिए  । जसमध्ये एकजना जनप्रतिनिधिको मृत्यु भइसकेको छ ।

मकवानपुर जिल्लाको सबै स्थानीय तहमा  प्रमुखमा ७ जना, उपप्रमुख ९ जना, वडा अध्यक्षमा ५० जना, सदस्यमा महिला ५५ जना, (दलित, महिला) ५६ जना, खुल्ला १०५ जना, अन्यमा मनोनीत २० जना र  कार्यपालिका सदस्यमा ३६ जना गरी ३ सय ३८ जना निर्वाचित भएका थिए ।

१३ प्रदेश सभा सदस्यले छाडे एमाले 

बागमती प्रदेशसभाबाट एमाले छाडी एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडा पुगी सनाखत गर्नेमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका राजेन्द्र पाण्डे, कृष्णप्रसाद शर्मा खनाल, मुनु सिग्देल, प्रदेशसभाका सांसदहरु माधव पौडेल, राजेन्द्रमान श्रेष्ठ, वसन्तप्रसाद मानन्धर, लक्ष्मण लम्साल, रमा आले मगर, इन्द्रमाया गुरुङ, मीना नेपाल ज्ञवाली, कुसुमकुमार कार्की, वसुन्धरा हुमागाईं र पार्वती सिलवाल रहेका छन् । 

बागमती प्रदेशमा एमाले एक्लैको ५६ सांसद थिए । १३ जना एकीकृत समाजवादीमा गएपछि अब एमालेमा ४३ जना सांसद रहेका छन् ।

मंगलबारसम्म एमालेमै रहने वा एकीकृत समाजवादीमा आबद्ध हुनका लागि दिइएको समयावधिमा प्रदेशका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेको समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य मुनु सिग्देलले जानकारी दिइन् ।

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार २०:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया