ओमानमा नेपाली क्रिकेटको असली परीक्षा

नेपाली क्रिकेटको परम्परागत समस्या हो, ब्याटिङ । अन्तर्राष्ट्रिय डेब्युदेखि नै नेपाललाई यो समस्याले पिरोल्दै आएको छ । इतिहासलाई पल्टाउने हो भने पनि यस्ता धेरै खेल छन्, जहाँ ब्याटिङ कमजोर भएकै कारण नेपाल पराजित हुन पुगेको छ ।

कुनै प्रतियोगिता खेल्न जानुअघि नेपालको सबैभन्दा ठूलो चिन्ता ब्याटिङ नै हुन्थ्यो । तर, यसपटक भने नेपालको अवस्था फरक छ । अहिले ऊ चिन्ताभन्दा पनि आशा बोकेर ओमान भ्रमणमा निस्किएको छ । 

नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत आयोजक ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्न अहिले ओमानमा छ । त्यसअघि उसले पवुवा न्यु गिनीसँग दुई खेलको एक दिवसीय सिरिज खेल्नेछ । नेपाली टोलीमा नयाँ जोस, उत्साह छाएको छ भने आशाका किरण पलाएका छन् ।

प्रशिक्षक डेभ वाटमोरको आगमनसँगै नेपाली ब्याटिङमा निकै परिवर्तन आएको छ । गएको वैशाखमा सम्पन्न त्रिदेशीय टि–२०सिरिजमा नेपालको ब्याटिङ अपेक्षा गरिएको भन्दा निकै भिन्न थियो । 

नेपालले लगातार तीन खेलमा २०० भन्दा माथिको योगफल तयार पारेको थियो ।  जसमा युवा खेलाडीको प्रदर्शन लोभ लाग्दो थियो । 

सिरजको पहिलो खेलमै सिनियर टोलीका लागि डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले उच्च प्रदर्शन गरे । उनीहरुले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । यो खेल नेपालले ९ विकेटको जित हात पारेको थियो । यो खेलमा कुशलले ६२ रन र आशिफले अविजित ५४ रन बनाए । 



मलेसियाविरुद्धको दोस्रो खेलमा पनि यो जोडीले १०२ रनको साझेदारी गरेपछि  नेपालले ९ विकेटको सहज जित निकाल्यो । यो खेलमा कुशलले ६१ रन र आशिफले ४२ रन जोडे । कुशल र आफिसले सुरुवाती दुई खेलमा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको परिक्षा हुनै दिएनन् ।

चौथो खेलमा पनि नेपालले ६विकेट गुमाउँदै २०६ रनको वलियो योगफल तयार पारेको थियो । यो खेलमा भने कुशल र आशिफको जोडी जम्न सकेन । उनीहरुले मात्र २० रनको साझेदारी गर्न सके ।



यो खेलमा कुशल ६२ रनको पारी खेल्दै आफ्नो टि–२० डेब्युको सुरुवाती ३ खेलमा  अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । उप कप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन बनाए ।

नेपालले वलियो योगफल तयार परेको भए पनि बलिङ राम्रो हुन नसक्दा नेपालले खेल १५ रनले गुमायो । ​मलेसियाविरुद्धको चौथो खेलमा पनि नेपालको उत्कृष्ट ब्यााटिङले निरन्तरता पायो । नेपालले ७ विकेट गुमाउँदै ११७ रनको जोडेका थियो । 

नेपालका लागि करण केसीले ४५,आशिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्ले ४१ रनको योगदान दिए । उसले खेल ६९ रनले आफ्नो पक्षमा पार्यो । ​त्रीदेशी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेदरल्यान्ड विरुद्ध आफ्नो टि–२० इतिहासकै उत्कृष्ट प्रदर्शन गर्यो । 

नेपालले आफ्नो टि–२० इतिहासमा सवैभन्दा ठूलो योगफल तयार पर्ने क्रममा ३ विकेट गुमाएर २३८ रनको योफल तयार परेको थियो । यो खेलमा पनि कुशलले उत्कृष्ट प्रदर्शन गरे । उनले ७७ रनको पारी खेल्दा अविजित रहेका कुशल मल्ले ५० र दीपेन्द्रसिंह ऐरीले ४८ रन प्रहार गरेका थिए ।  

नेपालले नेदरल्यान्डलाइै ९६रनमा रोक्दै १४२ रनको पराकिलो जित दर्ता गर्यो ।  त्रिदेशीय क्रिकेट प्रतियोगितालाई आधार मान्ने हो भने नेपालको ब्याटिङमा निकै सुधार आएको छ । नेपाली ब्याटिङको असली परीक्षा भने ओमानमा हुने छ किनकि त्रीदेशीय क्रिकेटमा नेपालले घरेलु मैदानमा खेलेको थियो त्यो पनि कमजोर टोलीसँग । 

मलेसिया नेपला भन्दा तल्लो स्तरको टोली हो भने नेदरल्यान्डले पनि आफ्ना मुख्य खेलाडीलाई पठाएको थिएन । अर्कोतिर त्रिवि क्रिकेट मैदान ब्याटिङ सहयोगी मानिन्छ  । 

त्यो टि–२० खेल थियो भने ओमाना एकदिवसीय खेल खेल्ने छ त्यो पनि बलिया टोलीसँग । नेपालले करिब १९ महिनापछि एकदिवसीय खेल खेल्दै छ ।  यो वाटमोरको प्रशिक्षणमा नेपालले खेल्न लागेको पहिलो एकदिबसीय खेल हो त्यसैले पनि टोलीले कस्ता प्रदर्शन गर्ला भन्ने चासो हुनु स्वभाविक हो । 

ओमानको पिच तिव्रगतीका बलरलाई सहयो पुग्ने खालकोछ । त्रिकोणत्मक सिरिज निकै महत्वपूर्ण हुनेछ किनकि यो एकदिवसीय विश्वक खेल्ने माध्यम हो त्यसैले प्रत्येक खेल जित्नै दबाब हुन्छ । 

त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दै छ । त्रिकोणत्मक सिरिजको तयारी स्वरुप हुने पपुवा न्यु गिनीसँगको खेल नेपाललाई आफ्नो कमीकमजोरी सुधार्ने र आफ्नो बलियो पक्ष पहिचान गर्ने माध्यम बन्नेछ । 

आयोजक ओमान नेपालका लागि संधै टाउको दुखाइको विषय बन्दै आएको छ । ऊ घरेलु मैदानमा पनि त्यसलाई निरन्तरता दिने प्रयास गर्नेछ । 

इतिहास हेर्ने हो भने नेपाल अमेरिकामाथि हाबी हुँदै आएको छ तर पछिल्लो समय निकै परिवर्तन भएको टोली बदला लिने दाउमा हुनेछ । 

नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता हुँदा उनीहरुबाट निकै आशा गरिएको छ । टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल शरद भेषावकर र विनोद भण्डारी बाहेक अन्य खेलाडी युवा छन् ।
 
नेपालको सबैभन्दा ठुलो समस्या हो ओपनिङ । टोलीले विगत चार वर्षमा यसका लागि धेरै प्रयोग गरेको छ । त्रिकोणात्मक सिरिजबाट कुशल भुर्तेल र आशिफ शेखले केही आशा देखाएका छन् । उनीहरु सिनियर टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्युको प्रतीक्षामा छन् ।

एकदिवसीय क्रिकेटमा खासै अनुभव नभएका उनीहरुले कस्तो प्रदर्शन गर्लान्, त्यो आगामी दिनमै थाहा होला । आशिफले २ र कुशलले ३ लिस्ट ‘ए’ खेल खेलेका छन् ।

अनुभवी खेलाडी ज्ञानेन्द्र, शरद र विनोदलाई पनि उत्कृष्ट प्रदर्शन गर्ने दबाब सिर्जना भएको छ । मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि उच्च प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

नेपालको स्पिन आक्रमण सन्दीप लामिछानेले सम्हाल्नेछन् । उनलाई सुशान भारीले साथ दिनेछन् । तीव्र गतिका बलरमा करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र गुल्शन झा छन् । पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाए गुल्सन सिनियर टोलीबाट डेब्यु गर्ने प्रतिक्षमा छन् । 

ओमान भ्रमणमा रहेको नेपाली टोली ब्याटिङ र बलिङ दुवैमा युवा खेलाडीमा निर्भर देखिन्छ । यहाँ नेपाली ब्याटिङ र युवा खेलाडीको वास्तविक परीक्षा हुनेछ । त्यसमा नेपाल कत्तिको सफल हुन्छ त्यो त हेर्नै बाँकी छ ।

ओमान भ्रमण प्रशिक्षक डेभ वाटमोरका लागि अन्तिम हुनेछ त्यसैले पनि नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै उनको बिदाइ सुखद् बनाउने प्रयासमा हुनेछ ।  

  • प्रकाशित मिति : भदौ २२, २०७८ मंगलबार २१:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया