अफगानिस्तानका गृहमन्त्री— ‘मोस्ट वान्टेड आतंककारी’

अफगानिस्तानमा तालिबानले आफ्नो सरकार बनाएको छ । तालिबानले बनाएको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्, सिराजुद्दीन हक्कानीले ।

सिराजुद्दीन हक्कानी अहिले पनि अमेरिकाले जारी गरेको आतंकवादीको सूचीमा छन् । उनीमाथि अमेरिकाले मोस्ट वान्टेड वारेन्ट जारी गरेको मात्र छैन, उनको हत्या गर्न सक्नेलाई पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

मंगलबार तालिबानले बनाएको अन्तरिम सरकारमा हक्कानी चाहिँ गृहमन्त्री भएका छन् ।

उनले हक्कानी नेटवर्क नामको संगठनको पनि नेतृत्व गर्ने गरेका छन् ।

अमेरिकाले त हक्कानीको बारेमा सूचना दिनेलाई मात्र ५० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणासमेत गरेको थियो । हक्कानीलाई अमेरिकाले आफ्नो सबैभन्दा ठूला दुश्मनमध्ये एक मान्ने गरेको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार ०:१२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया