बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री शाक्यको तयारी

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । 

मुख्यमन्त्री शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् । आजै मन्त्रिपरिषद विस्तारको तयारी भएको एमाले मुख्य सचेतक दिपक निरौलाले जानकारी दिए । 

पार्टी विभाजनमा माधवकुमार नेपाल समूलाई साथ नदिएर एमालेमै बसेकाहरुले मन्त्री बन्ने मौका पाउने बताइएको छ । माधवकुमार नेपाल समूहमा रहेर अन्तिम समयमा एमालेमै बसेकी रचना खड्का, विजय पौडेल, प्रदिप कटुवाललगायत मन्त्री बन्ने सम्भावना रहेको स्रोतले जनाएको छ । 

गत २ भदौमा नेकपा एमालेको बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार भने अल्पमतमा परिसकेको छ ।

बाग्मतीका ५६ मध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएपछि उनको सरकार अल्पमतमा परेको छ । उनले अब एक महिनाभित्रै प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । 
 





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार ९:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया