भारतमा पछिल्लो २४ घन्टामा थप ३७ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३० लाख ९६ हजार ७१८ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घन्टामा थप ३६९ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ४११ पुगेको छ ।
यही अवधिमा ३९ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । भारतमा ३ लाख ९१ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन्।
भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज भ्याक्सिन लगाइसकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।