बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक

बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन भएको छ । उनकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको हो ।

अक्षयकी आमाको भोलि जन्मदिन थियो । आमाको ७८ औँ जन्मदिन मनाउने तयारीमा रहेका अक्षयले आमाको मृत्युले आफूलाई सहनै नसक्ने पीडा भइरहेको बताएका छन् ।

आमाको मृत्युपछि अक्षयले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज म आफूभित्र सहनै नसक्ने पीडा महसुस गरिरहेको छु । मेरी आमा आज बिहानै यो संसारलाई आरामसँग छोडेर कुनै दोस्रो दुनियाँमा मेरो पितासँग मिल्न पुगेकी छन् ।’

अक्षय चलचित्र ‘सिन्ड्रला’को छायांकनमा बेलायत पुगेका थिए । त्यही बेला उनकी आमा बिरामी परेर आइसियूमा भर्ना भएकी थिइन् । उनी आमाको स्वास्थ्य अवस्था बिग्रदै गएपछि बेलायतबाट फर्किएका थिए ।
 





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १२:११:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया