बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले गरिन् मन्त्रिपरिषद् विस्तारः थपिएका ६ जना मन्त्री र ४ जना राज्यमन्त्रीले लिए सपथ

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले आज ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थपेकी हुन् । 

विस्तारित मन्त्रिपरिषद्मा रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्ति प्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  

यस्तै, डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

आज नियुक्त भएका राज्यमन्त्रीमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली रहेका छन् । खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटीलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री र मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री तोकिएको छ । 

नवनियुक्त मन्त्रीहरुले आज प्रदेश प्रमुख समक्ष सपथ लिएका छन् । 

मुख्यमन्त्री शाक्यले यसअघि केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइसकेकी थिइन् । 




 



  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार १४:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया