संघीय संसदको प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । तीनपटकसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।
दुईपटकसम्म १५ मिनेटका लागि स्थगित गरिएको बैठकमा दुवैपटक प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेको थियो । तेस्रो बैठकमा पनि एमालेले अवरोध गर्न नछाडेपछि सभामुख सापकोटाले कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश प्रस्तुत गर्न समय दिएका थिए ।
प्रतिपक्षी दल एमालेको विरोधकाबीच कार्कीले अध्यादेश प्रस्तुत गरेका थिए । उनले अध्यादेशको बेहोरा पढिरहँदा विपक्षी दलले भने विरोधमा नारा लगाइरहेको थियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।