सरकारले बुधबार ३२ जना नेपालीलाई अफगानिस्तानबाट उद्धार गरी स्वदेश फर्काएको छ । सरकारले कतार एयरको नियमित उडानबाट उनीहरुलाई नेपाल ल्याएको हो ।
यससँगै हालसम्म कुल ८९५ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
आगमनपश्चात् कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।