रामकुमारी झाँक्रीले भनिन्– एमालेको प्रदर्शन ‘औकात अनुसारको काम’

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमालेले आज गरेको संसदको प्रदर्शनलाई ‘औकात अनुसारको काम’को संज्ञा दिएकी छिन् । संसद भवनबाट बैठकपछि निस्कँदै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् । 

उनले पत्रकारसँग भनिन्, ‘संसदका हत्यारा र त्यसका मतियारहरुले संसद बचाउनका लागि निरन्तर लड्नेहरुलाई यो आरोप लगाउनु आफैंमा हास्यास्पद छ । र कुनै यो स्तरहीन प्रदर्शन, स्तरहीन लोकतान्त्रिक चरित्रकामाथि खासै प्रतिक्रिया दिन मन छैन् ।’ 

उनले अघि भनिन्, ‘उहाँको औकात अनुसारको काम गर्नुभएको छ । दुई तिहाई बहुमतको सरकारलाई लगेर बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याएपछि पनि अझै खाँडो चिथोर्न उहाँले छोड्नुभएको छैन् । यो आक्रोश, पीडा, रिस राग हामीप्रतिको बदला अझै केहीदिन लिने नै हो उहाँहरुले । चरित्रअनुसार गरिरहनुभएको छ । उहाँहरुको गैरराजनीतिक चरित्र जे प्रदर्शन गरिरहनुभएको छ, उहाँहरु नै नांगिनुभएको छ । हामीसँग गैरराजनीतिक चरित्रलाई परास्त गर्ने क्षमता पनि छ । धैर्यता पनि छ ।’

एमाले अध्यक्ष ओलीले आफूहरुलाई बाँच्न नदिने पनि भन्नुहुन्थ्यो होला भनेर उनले भनेकी छिन् । उनले भनिन्, ‘खड्ग प्रसाद ओलीलाई लागेको भए त हामीलाई बाँच्न नदिने पनि भन्नुहुन्थ्यो होला । उहाँको चाहनाले यो सबै पूरा हुँदैन् । संसद सरकार अघि बढ्छ । खड्ग ओलीको चाहनाले हो भने त हामी किन उभिएको भन्नुहुन्छ होला ।’





  • प्रकाशित मिति : भदौ २३, २०७८ बुधबार २२:४३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया