विश्वभर २४ घन्टामा थपिए झण्डै ६ लाख संक्रमित

विश्वभर पछिल्लो २४ घन्टामा ५ लाख ८७ हजार ९६७ जना संक्रमित थपिएका छन् ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी अमेरिकामा १ लाख ५२ हजार ३४१ संक्रमित थपिएका छन् भने भारतमा ४३ हजार ४०६, बेलायतमा ३८ हजार ९७५, टर्कीमा २३ हजार ९१४, इरानमा २६ हजार ८५४, मेक्सिकोमा १५ हजार ७८४ जना संक्रमित थपिएका छन् । 

यस्तै पछिल्लो २४ घन्टामा ५ लाख ९६ हजार ५७५ जना संक्रमित निको भएका छन् । निको हुने पनि सबैभन्दा बढी अमेरिकामा १ लाख ७ हजार ७४३ जना छन् । विश्वमा २४ घन्टामा कोरोना संक्रमणबाट ९ हजार ५९२ जनाको मृत्यु भएको छ । 

सबैभन्दा बढी १ हजार ६५८ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा १ हजार ७१, रुसमा ७९७, इन्डोनेसियामा ६२६, इरानमा ५३८, मलेसियामा ३६१, भारतमा ३३९ जनाले ज्यान गुमाएका छन् । 
 





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार ६:३५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया