चीनले अफगानिस्तानलाई २०० मिलियन युआन (करिब दुई अर्ब रुपैयाँ) को सहयोग गर्ने प्रतिज्ञा गरेको छ । जसमा खाद्य आपूर्ति र कोरोना भाइरसविरुद्धको भ्याक्सिन पनि समावेश गरिएको छ ।
चीनले पहिला नै तालिबान सरकारको साथमा सम्पर्क बनाइराख्न इच्छुक भएको जनाएको थियो ।
अफगानिस्तानमा तालिबानले अन्तरिम सरकारको गठन गरिसकेको छ । उता अमेरिकाले अफगानिस्तानको अन्तरिम सरकारलाई चाँडै मान्यता नदिने जनाउँदा यता चीन भने सहयोग गर्न आतुर भइसकेको छ ।
चीनका विदेशमन्त्री वांग यीले बुधबार अफगानिस्तानका छिमेकी राष्ट्र पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्किमिनिस्तानका विदेशमन्त्रीको साथमा बसेको बैठकमा अफगानिस्तानलाई सहयोग गर्ने घोषणा गरेका थिए । यीले यी देशसँग अफगानिस्तानलाई सहयोग गर्नका लागि अनुरोध पनि गरेका छन्।
तालिबानका एक अधिकारीले पनि चीन अफगानिस्तानको महत्वपूर्ण सहयोगी भएको बताएका थिए । अफगानिस्तानले चीनसँग धेरै कुराको आशा राखेको छ । यता चीन पनि अफगानिस्तानसँग राम्रो सम्बन्ध बनाउन लागिपरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।