सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतले पाए सफाइ

नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले सम्पत्ति शुद्धीकरणसम्बधी मुद्दामा सफाइ पाएका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिएको हो । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते बस्नेतलगायत ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो । गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा विभागले उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।

बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा यसअघि नै विशेष अदालतबाट पनि सफाइ पाएका थिए । विशेष अदालतले बस्नेतको हकमा दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो । 

सो आदेशपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चले पनि विशेष अदालतकै आदेशलाई सदर गरेको हो ।

त्यतिबेला बस्नेत युवा संघमा थिए । अहिले उनी खेलकुद महासंघ र माेरङकाे एमाले राजनीतिमा सक्रिय छन् ।





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १८:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया