यही साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरूको नाम

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् विस्तारका लागि उनले सत्ता साझेदार दलका नेताहरूसँग मन्त्रीहरूको नाम मागेका छन् ।

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेताहरुसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मागेका हुन् ।

सत्ता साझेदार दलहरू नेकपा एकीकृत समाजवादी, जसपा र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्रीहरूको नाम टुंग्याएका छैनन् । सत्तारूढ नेपाली कांग्रेसले पनि अहिलेसम्म मन्त्रीहरूको नाम टुंग्याउन सकेको छैन ।

यसअघि नै शीर्ष नेताहरूबीचको बैठकले यो सरकारमा कांग्रेसलाई ७, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीलाई ६-६ मन्त्रालय दिने सहमति गरिसकेका छन् । सरकारलाई समर्थन गरेको दल राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी चाहिँ सरकारमा जाने सम्भावना बढेको छ । महन्थ ठाकुरको यो नयाँ दल सरकारमा सहभागी भएमा उसलाई एक मन्त्रालय दिने तयारी देउवाले गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १०:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया