पोखरा महानगरपालिकाको सुकुम्बासी बस्तीमा ८ वर्षीय बालिका बलात्कृत

कास्कीको पोखरा महानगरपालिकामा ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

बालिका बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–३२ खुदीखोला सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवित मान लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

लिम्बुले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कारको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १२:४४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया