प्रतिपक्षी एमालेको विरोधका बीच सभामुखले सुरु गरे संसदको कारबाही

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाएका छन् । आजै बसेको पहिलो बैठक अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको थियो । १५ मिनेटपछि सुरु भएको बैठकमा अवरोध चलिरहँदा सभामुख सापकोटाले कारबाही अघि बढाएका हुन् । 

सोही अनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेस गरेका छन् । एमाले सांसदहरू विरोधमा भइरहँदा अर्थमन्त्री शर्मा दौडिँदै रोस्टम पुगेका थिए।

बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले ‘संसदीय मर्यादा कामय गर’ भन्दै विरोध प्रदर्शन गरेका थिए । सभामुखको भूमिकाप्रति प्रश्न गर्दै एमाले सांसदहरूले यसअघिको बैठक पनि अवरुद्ध गरेका थिए । आजका लागि बोलाइएको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । नाराबाजी अझै जारी छ ।

प्रतिनिधिसभा नियमावली खण्ड ख, ग, घ र ङ को प्रावधानको कार्यान्वयन गर्ने दायित्व रहेको भन्दै सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।
 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १४:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया