ऊर्जामन्त्री भुसाल र फातिमाबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसिसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमसिसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन्।

भेटमा एमसिसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गरेकी थिइन् । यता मन्त्री भुसालले दलहरूबीचको सहमतिको आधारमा सो सम्झौतालाई अघि बढाउने धारणा राखेकाे उनकाे सचिवालयले जनाएको छ ।

भेटमा उनीहरूबीच नेपालको जल विद्युत तथा सडक पूर्वाधारको निर्माणका लागि दिइने सो अमेरिकी अनुदान सहायता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो।
 





  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १८:२९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया