पपुवा न्युगिनीलाई नेपालले दियो २३४ रनको बलियो लक्ष्य

पपुवा न्युगिनीसँगको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलको पहिलो पारी सकिँदा नेपलाले २३४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।   

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको बलियो योगफल तयार परेको थियो । 

नेपालका लागि उत्कृष्ट पारी खेलेका रोहितकुमार पौडेलले सर्वाधिक ८६ रनको योगदान दिए । १२३ बलको सामना गरेका उनले २ चौका र ३ छक्का प्रहार गरे । 

कप्तान ज्ञानेन्द्र मल्लले ४५, करण केसीले ४२ र विनोद भण्डारीले १८ रनको योगदान दिए । ९ रन बनाउँदा २ विकेट गुमाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको पारी उकासेका थिए ।

यो नेपालका लागि एक दिवसीय अन्तर्राष्ट्रिय कुनै पनि विकेटका लागि भएको सबैभन्दा ठूलो साझेदारी हो । यसअघि गत वर्ष विनोद भण्डारी र कुशल मल्लले अमेरिकाविरुद्ध छैटौं विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । 

रोहितकुमार पौडेल र करण केसीले सातौं विकेटका लागि ६६ रनको उत्कृष्ट साझेदारी गरे ।



पपुवा न्युगिनीका लागि चार्ड सोपरले ३, काबुआ मोरवा र नोरम्यान भानुआले समान २–२, कार्लेस अमिनीले १ विकेट हात पार्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो । 



  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार १९:४६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया