भारतमा थप ३३ हजार ३७६ संक्रमित, ३०८ मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३३ हजार ३७६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ८ हजार ३३० पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३०८ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४  लाख ४२ हजार ३१७ पुगेको छ ।

यही अवधिमा ३२ हजार १९८  जना संक्रमणमुक्त भएका छन् । भारतमा ३ लाख ९१ हजार ५१६  जना सक्रिय संक्रमित रहेका छन्।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७३ करोड ५ लाख ८९ हजार ६८८ डोज भ्याक्सिन लगाइसकिएको छ।





  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार १०:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया